राजनीति
काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ । बिहान १० बजे होटेल मेरियटमा बैठक सुरु हुनेछ ।
बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार काठमाडौं आइपुगेका छन् । बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन् । प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि छन् ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ ०८:१६
प्रतिक्रिया दिनुहोस्