site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महासेठको स्पष्टीकरण– धनुषामा मात्रै आठ अर्ब ७७ करोड बजेट लग्यो भन्ने आरोप सत्य होइन

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आठ अर्ब ७७ करोड रुपैयाँ बजेट धनुषामा मात्रै लगेको आरोप सत्य नभएको जिकिर गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा विनियोजन शिर्षकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सम्पूर्ण मधेस प्रदेशमा ७८२ करोड ५० लाख बजेट विनियोजन गरेको बताए ।

उनले २८ निर्वाचन क्षेत्र भएको कोसी प्रदेशमा एक हजार ८४ करोड ४० लाख बजेट गएको बताए ।

उनले आवधिक योजना, राष्ट्रिय नीति तथा अन्य क्षेत्रगत नीति र योजनाले अंगीकार गरेअनुरूप बजेट आएको दाबी गरे ।

"एउटा नाम नै नसुनेको पत्रिकाको भरमा जुन पत्रिकाले सबै बजेट, आठ अर्ब ७७ करोड धनुषामा लग्यो भनेर भनेको छ । त्यही पत्रिकालाई आधार मानेर मान्यज्यूहरूले प्रश्न उठाउनुभयो । वास्तवमा त्यो सही होइन । २८ निर्वाचन क्षेत्र भएको कोसी प्रदेशमा एक हजार ८४ करोड ४० लाख बजेट गएको छ । मधेस प्रदेशमा ७८२ करोड ५० लाख बजेट छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro