site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
छाउपडी प्रथा अन्त्य गर्न गृह मन्त्रालयले बनायो समिति
SkywellSkywell

काठमाडौं । गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यको प्रयासस्वरूप समिति गठन गरिएको जनाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सोमबार राष्ट्रियसभामा अछाममा छाउगोठमा भएको घटकाबारे जानकारी गराउने क्रममा समितिबारे जानकारी दिएका हुन् ।

उनले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरूसँग सल्लाह लिएर समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाइने बताए ।

Dabur Nepal
NIC Asia

गृहमन्त्री लामिछानले यही असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ बस्ने १६ वर्षीया किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे जानकारी गराएका थिए । किशोरीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र बलात्कारीको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।

"कानुनी प्रतिबन्धले मात्रै छाउपडी प्रथा नियन्त्रण गर्न सक्ने अवस्था नरहेको हुँदा समुदायलाई साथमा लिई प्रशासन, स्थानीय सरकार, नागरिक समाज, धार्मिक, सांस्कृतिक संस्थाहरू र आम सञ्चारमाध्यम लगायतको बहुपक्षीय प्रयास आवश्यक देखिन्छ," उनले भने ।

गृहमन्त्री लामिछानेले भविष्यमा यस्ता घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास भएका जिल्लामा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने, निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने निर्देशन दिइसकेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro