site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केजरीवाल अझै थुनामा
फाइल तस्बिर ।

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतमा दिएको याचिकामाथि सोमबार सुनुवाइ गरिएको छ । तर, उनी रिहा हुन पाएनन् ।

दिल्ली हाइकोर्टले उनको जमानतमाथि रोक लगाउने आदेश गरेको थियो । त्यसपछि उनले सर्वोच्चमा याचिका दिएका हुन् । हाइकोर्टको पूर्ण फैसला मंगलबार आउने भएकाले त्यसको प्रतीक्षा गरिने सर्वोच्च प्रशासनले जनाएको छ ।

Dabur Nepal
NIC Asia

केजरीवालका वकिल ऋषिकेश कुमारले समाचार एजेन्सी एएनआईसँग सर्वोच्चले त्यसबारेमा बुधबार फैसला गर्ने बताएका छन् ।

सुरुमा राउज एभिन्यु कोर्टले केजरीवाललाई जमानत दिने फैसला गरेको थियो । प्रवर्तन निर्देशनालय (ईडी)ले त्यसविरुद्ध दिल्ली हाइकोर्टमा याचिका दायर गरेको थियो ।

त्यसपछि हाइकोर्टले जमानत तत्काल नदिएकाले केजरीवाल छुट्न पाएका थिएनन् । हाइकोर्टले राउज एभिन्यु अदालतको फैसला कार्यान्वयनमा रोक लगाएको थियो ।

हाइकोर्टको निर्णयविरुद्ध केजरीवाल सर्वोच्च गएका थिए । सर्वोच्चले पनि हाइकोर्टको फैसला पर्खने भएकाले उनी तत्काल छुट्न नपाउने भएका हुन् ।

उनलाई सराब घोटाला प्रकरणमा गएको मार्चमा प्रहरीले पक्राउ गरेको थियो । लोकसभा निर्वाचनका क्रममा सर्वोच्चले उनलाई जमानत दिएको थियो । उनी जुन २ पछि फेरि तिहाड जेलमा थुनामा छन् । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro