site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनको आक्रमणमा पाँचजनाको मृत्यु, १०० भन्दा बढी घाइते

किभ । युक्रेनले रुस अधिनस्थ क्राइमियाको सेभास्टोपोल सहरमा आक्रमण गरेको छ । त्यसक्रममा मिसाइलका टुक्राले लाग्दा समुद्र तटमा गएका मध्ये कम्तीमा पाँचजनाको मृत्यु भएको छ । १०० भन्दा बढी व्यक्ति घाइते छन् ।

सेभास्टोपोलका गभर्नर मिखाइल राजभोजाहेभले जनाएअनुसार, घाइतेको संख्या १२४ छ । मृत्यु हुनेमा तीन बालबालिका र दुई वयस्क छन् ।

युक्रेनको आक्रमणमा मारिएकी एक बालिका स्थानीय मागादान सहरका उपमेयरकी छोरी हुन् ।

स्थानीयका अनुसार, उक्त आक्रमण कुनै साइरन नबजाई एक्कासि गरिएको थियो । सीएनएनबाट ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro