site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
एनओसी अवार्ड–२०२४ : एरिका र स्यान्टु उत्कृष्ट
SkywellSkywell

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको एनओसी अवार्ड–२०२४ मा कराँतेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ उत्कृष्ट चयन भएका छन् । आइतबार आयोजित विशेष कार्यक्रममा एरिकालाई उत्कृष्ट महिला खेलाडी र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट भएका थिए ।

Dabur Nepal
NIC Asia

उत्कृष्ट प्रशिक्षकमध्ये पुरुषमा कराँतेका कुशल श्रेष्ठ र महिलामा कपर्दीकी पार्वली राई घोषित भए । कुशल हाङचाउ एसियाली खेलकुदमा एरिकाका प्रशिक्षक थिए । यस्तै, पार्वती त्यही हाङचाउ एसियाली खेलकुदमा महिला कपर्दीतर्फ कांस्य पदक विजेता टिमका प्रशिक्षक थिइन् ।

यस्तै, पारा एथलेटिको अवार्ड भने तेक्वान्दोकी पलेशा गोवर्थधने पाइन् । उनले हाङचाउ पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् भने पेरिसमा हुने पारा ओलम्पिकमा पनि छनोट भएकी थिइन् ।

नेपाल भलिबल संघ भने वर्ष २०२४ को उत्कृष्ट संघ घोषित भयो । यस्तै, ‘प्रेसिडेन्टल रिकगनेसन’ भने अखिल नेपाल कपर्दी संघ, नेपाल कराँते महासंघ, नेपाल तेक्वान्दो संघ र पर्वतारोही तथा आर्चरी खेलाडी पासाङ भोटेलाई प्रदान गरियो ।

पत्रकारिता अवार्डतर्फ प्रिन्टमा ध्रुव तुलाधर, अनलाइन मिडियामा नवीन लुइटेल, स्पोर्टस फोटो जर्नलिस्टमा उज्वल डंगोल र स्पोर्टस भिडियो जर्नलिस्टमा प्रदीप लेखी उत्कृष्ट घोषित भए ।

कार्यक्रम प्रत्येक विजयी हुने खेलाडी, प्रशिक्षक तथा सञ्चारकर्मीलाई अवार्डसहित ५० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । 

कार्यक्रम ओलम्पिक डेका अवसरमा आयोजना भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro