site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजिप्टले गैरकानुनी रूपमा हज यात्रामा पठाउने संस्थामाथि प्रतिबन्ध लगाउने
फाइल तस्बिर ।

कायरो । इजिप्ट सरकारले प्रशासनको स्वीकृति नलिई वा दर्ता नगरी गैरकानुनी रूपमा साउदी अरबमा हज यात्राको व्यवस्था गरेकोमा १६ वटा ट्राभल एजेन्सीको सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । 

साउदी सहरमा चरम गर्मीका कारण गत हप्तामा हजको यात्राका क्रममा दर्ता नगरिएका इजिप्टेली तीर्थयात्रीमध्ये ६०० भन्दा बढीको मृत्यु भएको जानकारी आएपछि यो कदम चालिएको हो ।

Dabur Nepal
NIC Asia

हज मृत्यु संकट एकाईको शनिबार आयोजित बैठकमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मडबौलीले यस्ता एजेन्सीहरूको इजाजतपत्र रद्द गर्न र संलग्न व्यक्ति र संस्थालाई सार्वजनिक अभियोजनबमोजिम कारबाही गर्न आदेश दिएका छन् । 

मक्काका लागि दर्ता नभएका तीर्थयात्रीका लागि अवैध र गैरकानुनी माध्यमबाट यात्रा आयोजना गर्ने एजेन्सी वा सम्बन्धित व्यक्तिको विवरण भने विज्ञप्तिमा उल्लेख गरिएको छैन । दर्ता भएका ५० हजारभन्दा बढी इजिप्टका तीर्थयात्रीमध्ये कुल ३१ जनाको ‘दीर्घकालीन रोग’ कारण मृत्यु भएको पुष्टि भएको प्रधानमन्त्री मडबौलीले जानकारी गराए ।   

बेपत्ता भएका इजिप्टेली तीर्थयात्रीहरूलाई सकेसम्म चाँडो फेला पार्न र सबै इजिप्टेली तीर्थयात्रीको घर फिर्तालाई सुनिश्चित गर्न विदेश मन्त्रालयले साउदी अधिकारीहरूसँग समन्वय जारी राख्ने विदेशमन्त्री सामेह शौकरीले उल्लेख गरे । इस्लाम धर्मावलम्वीको प्रमुख हज तीर्थयात्रा मक्कामा विश्वभरका मुस्लिम तीर्थयात्रीहरूद्वारा वार्षिक रूपमा आयोजना गरिन्छ । साउदी अधिकारीका अनुसार यस वर्ष तीर्थयात्रीहरूको संख्या १८ लाखभन्दा बढी पुगेको थियो । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro