site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हसिनासँग भएका बेला मोदीले किन सम्झिए नेपाल ?

नयाँ दिल्ली । भारतको दुईदिने भ्रमणको अन्तिम दिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँगको संयुक्त पत्रकार सम्मेलनमा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पनि नाम लिएका छन् ।

उनले बंगलादेश भारतको नेइबरहुड फस्ट, एक्ट इस्ट पोलिसी, भिजन सागर र इन्डो प्यासिफिक भिजनको संगममा रहेको जनाए । लिखित दोस्रो प्यारामा उनले भनेका छन्, “गएको एक वर्षमा हामीले आपसमा धेरै महत्त्वपूर्ण लोककल्याणका परियोजना पूरा गरेका छौँ । अखउरा र अग्रतालको बीचमा छैटौँ भारत–बंगलादेश क्रस बोर्डर रेल लिंक सुरु भएको छ । भारतको उत्तरपूर्वी राज्यको कार्गो फेसिलिटी खुल्ना–मंगला बन्दरगाहमा सुरु भएको छ । मंगला बन्दरगाह पहिलोपटक रेलबाट जोडिएको छ । एक हजार ३२० मेगावाटको मैत्री थर्मल पावर प्लान्टको दुवै युनिटमा विद्युत् जेनेरेटिङ सुरु भएको छ । भारतीय रुपैयाँमा दुवै देशमा व्यापार सुरु भएको छ । बंगलादेश र भारतबीच गंगा नदीमा सबैभन्दा लामो रिभर क्रुज सफलतापूर्वक सम्पन्न भएको छ । पहिलो भारत र बंगलादेश क्रस बोर्डर मैत्रीपूर्ण पाइपलाइन सम्पन्न भएको छ । भारतको ग्रीड हुँदै नेपालबाट बंगलादेशसम्म विद्युत् निर्यात ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहयोगको पहिलो उदाहरण बनेको छ । यसखालका ठूला पहल धेरै क्षेत्रमा एक वर्षभित्रैमा हुनुले हाम्रो सम्बन्धको स्केल र गति प्रतिविम्बित हुन्छ ।”

उनले बिम्स्टेकसहित अरू अन्तर्राष्ट्रिय फोरममा पनि आफ्नो सहयोग जारी राख्ने बताए । स्थिर, समृद्ध र प्रगतिशील बंगलादेशको भिजनलाई साकार पार्न भारतको प्रतिबद्धता मोदीले दोहोर्‍याए ।

हसिना जुन २१ र २२ गरी भारतको दुईदिने भ्रमणमा आएकी हुन् । भारत र बंगलादेशबीच उनको भ्रमणपछि आपसी सहयोगका विषय समेटी १४ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ ।

हालै भारतका प्रधानमन्त्रीको शपथग्रहणका क्रममा पनि हसिना दिल्ली आएकी थिइन् । केही साताकै अन्तरमा उनी फेरि दिल्ली आएकी हुन् । उनी आउँदो जुलाईमा चीन भ्रमणमा जाँदै छिन् । त्योभन्दा अघि दिल्ली आएकी हुन् ।

टिस्टासम्बन्धी एक परियोजनामा चीनको सहयोग लिने कि भारतको भन्ने बारेमा बंगलादेशलाई अप्ठ्यारो अवस्था सिर्जना भएको छ । चीनले यसअघि नै उक्त परियोजनामा चासो देखाएको थियो । पछिल्लो समय भारतले पनि चासो देखाएको छ । एजेन्सी

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro