site stats
बाह्रखरी :: Baahrakhari
खेल
भिनिसियसलाई लयमा फर्काउन टिमले सहयोग गर्नुपर्छ : एन्सेलोटी

काठमाडौं । ब्राजिलको राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक कार्लो एन्सेलोटीले स्ट्राइकर भिनिसियस जुनियरलाई लयमा फर्काउन सहयोग गर्नुपर्ने बताएका छन् । बुधबार एन्सेलोटीले भिनिसियसले रियाल मड्रिडमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनलाई लयमा फर्काउन टिमले सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । 

“भिनिसियसको राष्ट्रिय टिममा प्रदर्शन कस्तो छ मलाई थाहा छैन । तर, रियालमा छँदा उनले जे प्रदर्शन गरे त्यो स्तर राष्ट्रिय टिममा पनि प्रदर्शन गर्नुपर्छ,” विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा एन्सेलोटीले भने, “हाम्रा निम्ति भिनिसियस महत्त्वपूर्ण खेलाडी हुन् । हामी सम्पूर्णले उनलाई अब्बल प्रदर्शन गर्न सहयोग गर्नुपर्छ ।”

Argakhachi Cement Island Ad

बिहीबार (आज) ब्राजिलले फिफा विश्वकप छनोटअन्तर्गत इक्वेडरसँग  खेल खेल्दै छ । यी दुई टिमबीच इक्वेडरको इस्ड्रिओ रोमेरो–मोनुमेन्टल रंगशालमा बिहान ४ः४५ बजे खेल्न हुने तालिका छ ।

स्पेनिस टिम रियाल मड्रिडको नेतृत्व सम्हाल्दा भिनिसियसलाई नजिकबाट नियालेका उनी इक्वेडरविरुद्ध सन्तुलित टिम उतार्ने रणनीतिमा छन् ।

भिनिसियसले कतारमा आयोजित पछिल्लो विश्वकपबाट राष्ट्रिय टिममा ‘डेब्यु’ गरेका थिए । उनी आउँदो संस्करणको विश्वकप छनोटमा पनि नियमित छन् । तर, रियालमा आफ्नो लय कायम राख्न नसकेका कारण उनी राष्ट्रिय टिममा संघर्षरत छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्