site stats
बाह्रखरी :: Baahrakhari
देश
देशव्यापी आन्दोलन गर्ने कर्मचारीको चेतावनी

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै कर्मचारीले सिंहदरबारकेन्द्रित धर्ना जारी राखेका छन् । नागरिक एवं कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने भन्दै नेपाल निजामती कर्मचारी संगठनको अगुवाइमा उनीहरूले बिहीबार (जेठ २२) पाँचौँ दिन पनि धर्ना कार्यक्रम जारी राखेका हुन् ।

कर्मचारीको वृत्तिविकास हुने खालको ऐन प्रस्ताव नगरिएको भन्दै उनीहरूले निरन्तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएका छन् । संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास शाहले यही जेठ २५ गतेदेखि देशभर आन्दोलन गर्ने चेतावनी दिए । “...हामीले आगामी आइतबारदेखि आन्दोलनका नयाँ कार्यक्रमहरू ल्याउँछौँ,” उनले भने ।

Argakhachi Cement Island Ad

उनले सिंहदरबारभित्र राखेका आफ्ना माग सरकारले नसुनेको आरोप लगाए । संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने उनले माग गरे । “त्यो ऐन जारी गर्नको लागि हामीसँग पनि सल्लाह र समन्वय गरेर हाम्रा मागहरू पनि पूरा गरियोस्,” उनले भने ।

निजामती कर्मचारीको हकअधिकार निश्चित गर्नुपर्ने माग राख्दै उनीहरूका टे«ड युनियनले आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्