site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
घाइतेलाई जीपमा बाँधेर लगेको भिडियो सार्वजनिक भएपछि इजरायली सेनाद्वारा गल्ती स्वीकार
Dabur Nepal
NIC Asia

वेस्ट बैंक । इजरायली सेनाले उसको सुरक्षा बलले एक घाइते प्यालेस्टाइन पुरुषलाई जीपमा बाँधेर प्रोटोकलको उल्लंघन गरेको पाइएको छ । वेस्ट बैंकको जेनिन सहरमा एक छापा मार्ने क्रममा सुरक्षा बलले यस्तो गरेको जनाइएको छ । सोसल मिडियामा भिडियो भाइरल भएपछि इजरायली डिफेन्स फोर्स (आइडीएफ)ले यसको पुष्टि गरेको हो ।

एक वक्तव्यमा आईडीएफले छापा मार्ने क्रममा भएको गोलाबारीमा एक संदीग्ध व्यक्ति घाइते भएको जनाएको छ । घाइतेको परिवारले उनलाई उपचारका लागि लैजान एम्बुलेन्सको तयारी भइरहेको बेलामा सेनाले जीपमा बाँधेर लगेको जनाएको छ । पछि ती व्यक्तिको उपचारको लागि रेड क्रिसेन्टलाई जिम्मा दिइएको थियो । ती घाइतेको नाम मुजाहेद आजमी भएको स्थानीयले जनाएका छन् ।

इजरायली सेनाले वक्तव्यमा गल्ती स्वीकार्दै भनेको छ, “भिडियोमा जुन घटना रेकर्ड भएको छ, यो इजरायली सेनाको मान्यताअनुसार होइन । घटनाको छानबिन गरिनेछ र सोहीअनुसार कारबाही हुनेछ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro