site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण

युक्रेन । रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात ठूलो आक्रमण गरेको युक्रेनले जनाएको छ ।

जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधामा उपकरण क्षतिग्रस्त  हुनुका साथै दुई कर्मचारी घाइते भई जापोरिजियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

युक्रेनी अधिकारीले आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात कर्मचारी घाइते भएको बताएका छन् ।

युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा गम्भीर क्षति भएको जनाएको छ ।

रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा क्षमता नष्ट गरेको राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताएका छन् । जेलेन्स्कीले यस हप्ता युक्रेनका सबै अस्पताल र विद्यालयहरूमा सकेसम्म चाँडो सौर्य प्यानल जडान गर्नुपर्ने बताए ।

गर्मीको समयमा बिजुलीमा प्रवाभ पार्ने रुसी प्रयास असफल गर्न  अवाश्यक प्रयास गरिरहेको उनले उल्लेख गरे । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro