site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रिद्धिसिद्धीले अवैध सुनको व्यापार गरेको भन्दै नौ संस्थाले निकाले विज्ञप्ति
SkywellSkywell

काठमाडौं । ‘सुनचाँदी व्यवसाय तथा कालिगड बचाउ अभियान २०८१’को नाम दिँदै रिद्धिसिद्धी ज्वेलर्सले ज्याला र जर्तीमा दिएको छुट शंकास्पद भएको भन्दै ९ संगठनले विज्ञप्ति जारी गरेका छन् ।

रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघ, राष्ट्रिय सुनचाँदी कालिगड संघ, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च, काठमाडौं सुनचाँदी व्यवसायी संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रे र नेपाल रत्न तथा आभूषण संघले संयुक्त रूपमा श्री रिद्धिसिद्धि ज्वेलर्सको छुटको विषयमा खण्डनसहितको विज्ञप्ति जारी गरेका हुन् ।

Dabur Nepal
NIC Asia

श्री रिद्धिसिद्धि ज्वेलर्स प्रा.लिका नामबाट सञ्चालित न्युरोडको विशालबजारस्थित पसल नम्बर १ र १० ले ग्राहकलाई ज्याला र जर्तीमा भारी छुट दिने भन्दै विज्ञापन निकालेको थियो । यसले समग्र सुन व्यवसायमा नै संकट उत्पन्न हुने र यो कम्पनीले अवैध रूपमा भित्र्याएको सुन स्टक सक्ने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकबाट खरिद गरिएको सुनभन्दा सयौँ गुणा बढीको कारोबारका कारण रिद्धिसिद्धि ज्वेलर्स शंकाको घेरामा रहेको भन्दै छानबिन गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

“विगत केही दिनदेखि न्युरोडको विशालबजारस्थित पसल नं. १ र १० को श्री रिद्धिसिद्धि ज्वेलर्स प्रा.लि.को नाममा विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेको सुनको मूल्य अत्यधिक बढेकोमा ग्राहकलाई राहत दिने तथा ज्याला र जर्तीमा भारी छुट भन्दै सात प्रतिशतमा सुनका गरगहना बिक्री गर्ने भन्ने विज्ञापनबाट व्यावसायिक एकता र एकरुपतामा गम्भीर आँच आउने देखिएकोले उक्त भ्रामक विज्ञापनप्रति सुनचाँदी व्यवसाय तथा कालिगड बचाउ अभियान घोर भर्त्सना  गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

वैध मार्ग तथा बैंकबाट खरिद गरिएको सुनबाट कुनै हालतमा पनि सात प्रतिशत ज्याला जर्तीमा निर्माण गर्न नसकिने कुरा नौ संस्थाले अवगत गराएका छन् । “उक्त कम्पनीको कारोबारको छानबिन गर्न हामीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, वाणिज्य विभाग राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत अन्य सम्बन्धित निकायलाई पत्राचार गरिसकेको जानकारी गराउदछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले काँचो सुन आयातमा लाग्ने भन्सार महशुल १५ बाट २० प्रतिशत पु¥याएपछि नेपालमा भन्दा भारतमा सुन सस्तो भएको पनि व्यवसायीले बताएका छन् । यही मौकामा श्री रिद्धिसिद्धि ज्वेलर्सले विदेशी गरगहना अवैध बाटोबाट ल्याएर कम जर्तीमा बेचेको हुन सक्ने आशंका गरेको छ । शंकास्पद कारोबारको छानबिन हुने डरले भएको स्टक सिध्याएर यो व्यवसायबाटै पलायन भई विदेशिने मनसायले यस्तो आत्मघाती कदम चालेको हुनुपर्ने निष्कर्ष व्यवसायीहरूको छ ।

विगत २५ वर्षदेखि उक्त कम्पनीले ज्याला जर्तीसहित १२ देखि २२ प्रतिशतमा गरगहना बिक्री गर्दै आइरहेको थियो । हाल आएर एकलौटी रूपमा सस्तो लोकप्रियताका लागि जर्ती हटाएर केवल १५ दिनको लागि उपभोक्ताको आँखामा छारो हाल्न सात प्रतिशत ज्याला लिने भ्रमपूर्ण विज्ञापन प्रचारप्रसार गरेको उक्त विज्ञप्तिमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro