site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
तेक्वान्दो टोली भारत प्रस्थान
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली तेक्वान्दो टोली सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुधबार भारतको गोवा प्रस्थान गरेको छ । मे २१ देखि २३ सम्म हुने प्रतियोगितामा सहभागी हुन सात खेलाडीसहित नौ सदस्यीय टोली भारत प्रस्थान गरेको हो ।

पुरुष सिनियर ० केजीमुनि रन्जित डंगौरा, ६ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले प्रतिस्पर्धा गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का, ३२ केजीमुनि रघुनाथ भण्डारी र २९ केजीमुनि आभास डिओले खेल्नेछन् । सब जुनियरमा सहभागी हुने तीनै खेलाडीले एकल पुम्सेमा पनि कौशल प्रदर्शन गर्नेछन् ।

क्याडेट महिलाको ३३ केजीमुनि र एकल पुम्सेमा सुसन्ध्या खड्काले सहभागिता जनाउनेछिन् । प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement