site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुदमन्त्री श्रेष्ठले लिए पेरिस ओलम्पिक्सको तयारीबारे जानकारी

काठमाडौं । पेरिस ओलम्पिक्स–२०२४ मा नेपालको सहभागिता र तयारीको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटिसँग जानकारी लिएका छन् ।

पेरिस ओलम्पिक्समा नेपालकोतर्फबाट सहभागी हुने सात खेलाडी निश्चित भएसँगै सहभागिता र जिम्मेवारीको विषयमा राखेप सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पिक कमिटिका उपाध्यक्ष ज्योति राणा र महासचिव निलेन्द राज श्रेष्ठसँग छलफल भएको हो । 

मन्त्री श्रेष्ठले ओलम्पिक्समा सहभागीताका लागि खेलाडीबाहेक पदाधिकारीहरूको हकमा आवश्यकता र जरुरतको आधारमा मापदण्डभित्र रहेर टोली पठाउन निर्देशन दिएका छन् । एक साताभित्र नेपालबाट सहभागी हुने नेपाली टोलीको जिम्मेवारीसहित राष्ट्रिय खेलकुद परिषद्‌मार्फत मन्त्रालयमा पेस गर्न नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन् ।

Dabur Nepal
NIC Asia

साथै विगतमा भएका कमी कमजोरी र बेथितिलाई नदोहोर्‍याउन र राष्ट्रको गरिमा आँच नआउने गरी सहभागी हुन राखेप र ओलम्पिक कमिटिलाई निर्देशन दिए ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले सातमध्ये तीन खेलाडी टेबल टेनिसका स्यान्टु श्रेष्ठले अस्ट्रेलियामा, पौडीका डुवाना लामाले थाइल्यान्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगतरूपमा तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई राष्ट्रिय खेलकुद परिषद्ले वैदेशिक प्रशिक्षणका लागि श्रीलंका पठाएको जानकारी गराए ।

ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनका लागि प्रक्रिया अगाडि बढाएको तर ब्याडमिन्टन संघले कसैको पनि नाम नदिएको स्पष्ट पार्‍यो । जसको कारण प्रिन्स दाहाल प्रशिक्षकबिना नै ओलम्पिक्स जाने सम्भावना उच्च छ । 

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र हिजो मात्र वाइल्ड कार्ड पाएकी जुडोकी मनिता श्रेष्ठ प्रधानलाई यही असारदेखि दैनिक दुई हजारका दरले प्रशिक्षण खर्च दिइने जानकारी गराए । सदस्य सचिव घिसिङले तयारी र राष्ट्रिय संघको माग अनुसार क्वालिफाइङ प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको बताए । 

साथै अब समर ओलम्पिक्स र पारा ओलम्पिक्सका लागि ९० लाख बजेट विनियोजन भएको पनि बताए । सदस्य सचिव घिसिङले पेरिस ओलम्पिक्समा सहभागिताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिए । 

पेरिस ओलम्पिक्समा यसपटक टेबल टेनिसका स्यान्टु श्रेठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुष्मिता नेपाल, पौडीका डुवाना लामा, एलेक्जेन्डर शाह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले सहभागीता जनाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro