काठमाडौं । महिला एसिया कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टिम सार्वजनिक गरेको हो ।
एसिया कपको आगामी संस्करण जुलाई १९ देखि २८ सम्म श्रीलंकाको धम्बुल्लामा हुने तालिका छ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् ।
नेपाली टिम :
इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, मम्ता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डोली भट्ट ।