खेल
काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
बिहीबार टारोउबामा हुने खेलका लागि भएको टस जितेर अफगानी कप्तान राशिद खानले ब्याटिङको निर्णय गर्दै दक्षिण अफ्रिकालाई फिल्डिङमा निम्त्याएका हुन् ।
प्रतियोगितामा दक्षिण अफ्रिका सुपर–८ को समूह–२ को विजेताका रुपमा सेमिफाइनल आएको हो । अफगानिस्तान भने समूह–१ को उपविजेता हो ।
आजको खेलमा जित निकाल्ने टिमले विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल पनि आज राति नै हुने तालिका छ ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ ०६:१९
प्रतिक्रिया दिनुहोस्