site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूको भ्रमण
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको द वेस्टमिन्स्टर कलेजमा पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूले भ्रमण गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ वेस्टमिन्स्टरको सम्बन्धनमा ललितपुरको कुपण्डोलमा सञ्चालित वेस्टमिन्स्टर कलेजमा गत साता प्रतिनिधिहरूले भ्रमण गरेका हुन् ।

वार्षिक रुपमा हुने कलेजको गुणस्तर परीक्षणको प्रक्रियाअन्तर्गत प्रतिनिधिहरूले कलेजको शैक्षिकस्तरको समीक्षा गर्न सबै विभागका प्रमुख तथा विद्यार्थीहसँग छुट्टाछुट्टै छलफल तथा अन्तक्रिया गरी शैक्षिक सत्र सञ्चालन सफलतापूर्वक सम्पन्न भएकोमा प्रशंसा गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न चरणका छलफलहरूमा विद्यार्थी आदानप्रदान कार्यक्रमहरू, भविष्यका योजनाहरू, बेलायत र नेपालका विद्यार्थीहरूबीच सम्बन्ध विस्तार, पाठ्यक्रमको प्रस्तुतीकरण, र मूल्यांकनहरू सहितका विषयहरू उठेको थियो । प्रतिनिधिहरूले विभाग प्रमुख तथा विद्यार्थीबाट प्राप्त प्रतिक्रियाहरू पनि संकलन गरेको छ ।

वेस्टमिन्स्टर कलेजले वेस्टमिन्स्टर युनिभर्सिटीले निर्धारण गरेको शैक्षिक मापदण्ड तथा नियमहरू पालना गर्दै आएको छ । यसै सन्दर्भमा, प्रतिनिधिहरुले ‘प्रोग्रेसन एण्ड अवार्ड बोर्ड’ पनि सम्पन्न गरेको छ ।

Global Ime bank

वेस्टमिन्स्टर युनिभर्सिटीका प्रतिनिधिहरूलाई कलेजमा फेरि स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै कलेज प्रमुख अरुणलाल जोशीले भने, ‘वेस्टमिन्स्टर युनिभर्सिटीले हामीलाई गरेको निरन्तर सहयोग र उपलब्ध गराएको अमूल्य स्रोतहरूको लागि हामी हृदयदेखि नै आभारी छौँ । साथै, आगामी वर्षहरुमा यो साझेदारीलाई अझ बलियो बनाउन र पारस्परिक वृद्धिलाई बढावा दिन हामी तत्पर छौँ ।’

वेस्टमिन्स्टर कलेजले न्यूनतम शुल्कमा चार वर्षे बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड फरेन्सिक्स विषयको पढाइ सञ्चालन गर्दै आइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement