site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सोकोन ईसी थर्टीसिक्स विद्युतीय भ्यान नेपालमा, मूल्य साढे ४५ लाख
SkywellSkywell

काठमाडौं । एमएडब्लू बृद्धीले सोकोन ईसी थर्टीसिक्स यात्रुबाहक भ्यान नेपाल भित्र्याएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले विद्युतीय भ्यान सोकोन ईसी ३६ सार्वजनिक गरेको हो ।

कार्यक्रममा अभिनेता राजेश हमाल र सोकोनका चिनियाँ अधिकारीहरू सहभागी थिए।

Dabur Nepal
NIC Asia

कार्यक्रमबाटै एमएडब्लु वृद्धी कमर्सियल भेहिकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र अभिनेता हमालले सोकोन ईसी थर्टी सिक्सका पहिलो ४१ जना ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए ।

सोकोन ईसी थर्टी थ्री भ्यानको मूल्य ४५ लाख ५० रुपैयाँ रहेको छ ।

के के छन् फिचर ?

एघार सिटे विद्युतीय भ्यानले ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

गाडीमा रहेको ४२ किलोवाट आवरको सीएटीएल ब्याट्रीमा १.३ घण्टामा २० देखि ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ । करिब साढे दुई घण्टामा फुल चार्ज हुने बताइएको छ ।

यसमा ६० किलोवाटको इलेक्ट्रिक मोटरले २०० एनएम टर्क उत्पन्न गर्न सक्छ ।

गाडीको अधिकतम ग्रेडेबिलिटी ४० प्रतिशत छ । गाडीमा १८८ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ।

यसबाहेक एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेराजस्ता सुरक्षाका सुविधासेत सोकोन ईसी थर्टी सिक्स भ्यानमा छन् ।

सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिङ प्रणालीको सुविधा यो भ्यानमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । भ्यानमा टच स्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टम पनि छ ।

एमएडब्लू ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णुकुमार अग्रवालले कम्पनीले गुणस्तरीय अटोमोबाइल मात्र नभई सर्भिस र स्पेयर पार्ट्सलाई पनि प्राथमिकता दिएको बताए ।

उनले भनेका छन्, “सोकोनसँग साझेदारी गरी नेपाली बजारमा ईसी थर्टीसिक्स लन्च गर्न पाउँदा हामी गर्व गर्छौं । हामीलाई विश्वास छ, यो सफल हुनेछ र ग्राहकहरूको आवश्यकतालाई यसले पूरा गर्नेछ ।”

कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकरियाले उच्चस्तरीय सेवा, गुणस्तरीय स्पेयर पार्ट्स र ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राख्ने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro