देश

काठमाडौं । अछामको मंगलसेन, दैलेखको डण्डालगायत स्थानमा भारी वर्षा भएको छ । मंगलसेन र डण्डा गाउँ वर्षामापन केन्द्र र आसपासमा मयध्मदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ ०५:३८
प्रतिक्रिया दिनुहोस्