site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा बन्द भएको छ ।

कारोबार रकम भने घटेको छ । बुधबार तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार चार अर्बभन्दा बढीको धितोपत्र खरिद बिक्री भएको थियाे ।

Dabur Nepal
NIC Asia

नेप्सेका अनुसार आज १३५ कम्पनीको सेयर मूल्य बढेको छ । १०४ कम्पनीको सेयर मूल्य घटेको छ ।

सर्वाधिक सेयर मूल्य बढ्नेमा नेपाल फाइनान्स, समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी छ । यी तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro