site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धार्थ बैंकले ल्यायो मोबाइल बैंकिङमार्फत पेमेन्ट गर्दा क्वाइनकाे सुविधा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकहरूमा पहिलो पटक नयाँ अभ्यास सुरु गरेको छ । बैंकको एपमार्फत पेमेन्ट गर्दा क्वाइन फिर्ता पाइने सेवा ल्याएको छ । बैंकले केन्द्रीय कार्यालयमा बुधबार कार्यक्रम आयोजना गरी यो सुविधा सुरु भएको जानकारी दिएको हो ।

बैंकका डेपूटी सीईओ सुरेशराज महर्जनका अनुसार १०० रुपैयाँको भुक्तानी गर्दा एउटा क्वाइन प्राप्त हुनेछ । यसरी प्राप्त भएको क्वाइन विभिन्न होटेल तथा रेष्टुरामा भुक्तानीका लागि प्रयोग गर्न सकिने महर्जनको भनाइ छ ।

यो सुविधा बैंकका ग्राहकहरूले मात्र पाउनेछन् । यदि, बैंकको ग्राहक भएर मोबाइल बैंकिङ प्रयोग गरेको अवस्थामा ग्राहकले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले युवालाई केन्द्रमा राखेर डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कडेलले बताए । ग्राहकको चाहना अनुसारका सुविधाहरू बैंकले थप्दै गएको पनि उनको भनाइ छ ।

“ग्राहकलाई केन्द्रमा राखेर हामीले सुविधाहरू ल्याउने गरेका छौँ । आज ल्याएको सुविधा पनि डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने एक हिस्सा हो,” उनले भने, “हामी प्रविधिको विकाससँगै अगाडि बढेका छौँ । बैंकका हरेक क्रियाकलाप डिजिटल बेसमा गर्ने प्रयास गरिरहेका छौँ ।”

हाल सिद्धार्थ बैंकले १९६ शाखा कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro