site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
युरोपमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनीसँग राष्ट्रपतिको आग्रह
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह गरेका छन् । जर्मनी भ्रमणका क्रममा उनले जर्मनी समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् । 

बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुरु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनले जर्मनी भ्रमणमा जर्मन राष्ट्रपति डाक्टर फ्रयांक वाल्टर स्टाइनमायरसँग भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मनी सम्बन्धका सम्पूर्ण पक्षहरूमा छलफल भएको बताइन् । 

कृषि, पर्यटन र जलस्रोतलगायत विकास प्राथमिकताका बारेमा जानकारी दिँदै यी क्षेत्रमा जर्मनी सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरेको लम्सालले जानकारी दिइन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement