site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स : शिवराज र निशा उत्कृष्ट खेलाडी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । शिव पुरुष तथा निशा महिलामा उत्कृष्ट खेलाडी बनेका हुन् ।

शिवले १०० र २०० मिटर दौडमा स्वर्ण तथा चार गुणा १०० मिटर रिलेमा रजत जितेका थिए । निशाले १०० र २०० मिटर दौड तथा लङजम्पमा स्वर्ण जितिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एथलेटिक्स परिवार नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको २०० मिटर दौडमा शिवले निर्धारित दूरी २२.३६ सेकेन्डमा पूरा गरे । वीरगन्जका आदेशकुमार यादवले रजत तथा एपीएफका आशिष चौधरीले कांस्य हात पारे । सो स्पर्धाको महिलामा निशाले निर्धारित दूरी तय गर्न २६.३० सेकेन्ड समय खर्चिन् । आर्मीका कलेशी चौधरी र सरस्वती थारू क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

पुरुष ८०० मिटर दौडमा आर्मीका सुनिल सुनार पहिलो भए । उनले १ मिनेट ५७.८६ सेकेन्ड समय   लगाए । आर्मीकै अक्कलबहादुर पाल दोस्रो तथा एपीएफका सन्जिव नेपाली तेस्रो बने । उक्त स्पर्धाको महिलामा एपीएफकी आशा रावत पहिलो भइन् । आशाले २ मिनेट २६.७ सेकेन्डमा दूरी पार गरिन् । आर्मीका रेखा लिम्बू दोस्रो तथा नवीना थापा तेस्रो भए ।

Global Ime bank

दुईदिने प्रतियोगितामा ५७५ खेलाडीले ५२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् । अध्यक्ष खत्रीका अनुसार नेपाली एथलेटिक्समा सबै भन्दा बढी स्पर्धा समावेश गरिएको यो पहिलो प्रतियोगिता हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  २२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement