site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आजदेखि

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आजदेखि गोकर्ण गल्फ क्लबमा सुरू भएकाे छ । ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले दुई लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ७५ हजार र एक लाख २२ हजार प्राप्त गर्नेछन् । 

यस्तै, चौथो र पाँचौँ हुनेलाई एक लाख दुई हजार र ८० हजार प्रदान गरिनेछ । कुल २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार राशीको आधारमा सिजनकै ठूलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने पीजीए नेपालका महासचिव दिपक आचार्यले जानकारी दिए । 

दुई दिनको खेलपश्चात कट लागु हुनेछ । ३६ होलको समाप्तिमा उत्कृष्ट २१ र टाइमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन् । एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ ।

यो सिजनको अन्तिम प्रतियोगितापश्चात सिजन अवधिभर कुल पुरस्कार रकम प्राप्त गरेको आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन् । उनी धरानका निरज तामाङ भन्दा एक लाख १८ हजार ८७५ रूपैयाँले अगाडि छन् । भुवनले यो सिजनको सात प्रतियोगिता सकिँदा पाँच लाख ६६ हजार ८७५ नगद पुरस्कार कमाएका छन् । उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए ।

निरज तामाङ चार लाख ४८ हजारसहित मनि लिडर तालिकामा दोस्रो स्थानमा छन् । उनले यो सिजन सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए । सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति तीन लाख ७२ हजारसहित तेस्रो स्थानमा छन् । सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का तीन लाख ७२ हजारसहित चौथो र दुई लाख ६० हजार ७२५ नगदसहित सञ्जय लामा पाँचौँ स्थानमा  छन् । 

मनि लिडरहरूलाई डिफेन्डिङ च्याम्पियन सुवास तामाङले चुनौती प्रस्तुत गर्ने सम्भावना उच्च छ । एमेच्योर गल्फर रहँदा सुवासले कुल पाँच उपाधि जितेका छन् । यो सिजन प्रो बनेपछि उनको यो घरेलु टुरमा दोस्रो प्रतियोगिता हो । यो सिजन सातमध्ये दुई प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप जितेका एमेच्योर गल्फर सदभाव आचार्य पनि प्रमुख दाबेदार हुन् । 

उनले यो सिजन सात प्रतियोगिताको समाप्तिमा कुनै पनि प्रोलेभन्दा बढी उपाधि जितेका छन् । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम शनिबार हुनेछ । २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागिता रहनेछ । 

पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो सिजनकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने भन्दै जितको लागि शुभकामना दिए । उनले प्रमुख प्रायोजक सूर्य नेपाल प्रा.लि.लाई नेपाली गल्फ विकासमा निरन्तरको सहयोगका लागि धन्यवाद दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro