site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई कांग्रेस सांसद चौधरीले गरिन् समर्थन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कदमको समर्थन गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेका बताइन् । 

उनले मन्त्रीहरूलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनि प्रश्न गरिन् । अध्यक्ष लिङ्देनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै उनले सो कामको समर्थन गर्ने बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै सांसद चौधरीले एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने बताइन् । 

“आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्रीज्युहरू मन्त्री बन्नुभएको हो ? के यसले देशको विकास हुन्छ ? कर्णालीमा दुई लाख पुलमा । जनकपुरको वडामा चाहीँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन । मधेश प्रदेशमै आठ जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? होइन । पीडा छ । यो चाहीँ नगरौँ । संसद्मा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो । यो के राम्रो हो ? यो राम्रो होइन । तर, उहाँको पीडा छ च्यात्नुहुन्छ । च्यातेको म समर्थन गर्छु । किनभने यो च्यात्नुपर्छ । तर, एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो,” बैठकमा सांसद चौधरीले भनिन् । 

Global Ime bank

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषामा मात्रै केन्द्रित गरिएको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement