site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा महामन्त्रीको प्रतिवेदन : प्रचण्ड–ओलीसँग होइन, बालेन–गोपीसँग मिल्नुपर्छ
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले प्रदेश संरचना खारेज गर्नुपर्ने निष्कर्षसहितको पार्टीको समीक्षा प्रतिवेदन सभापतिलाई बुझाएका छन् ।

महामन्त्री ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार राति पार्टी सभापति रवि लामिछानेलाई बुझाएका हुन् ।

Dabur Nepal
NIC Asia

उनले प्रतिवेदनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग मिल्नुभन्दा स्वतन्त्र मेयरसँग मिल्दा फाइदा हुने उल्लेख गरेका छन् । जनताले रास्वपालाई प्रचण्ड–ओलीसँग भन्दा बालेन शाह, गोपी हमालसँग मिलेको देख्न चाहेको निष्कर्ष निकालेका छन् ।

"अहिलेको अवस्थामा ओली र प्रचण्डको साटो बालेन, गोपी हमाललगायत स्वतन्त्र पक्षधरका शक्तिहरूसँग हामी मिल्नका लागि सबैभन्दा उपयुक्त हुन्छ," उनले भने ।

उनको प्रतिवेदनमा पार्टीको लोकप्रियता घटेको निष्कर्ष निकालेको छ । "आकाशमा बादल मडारिएको छ । घण्टी कहिँ न कहिँ कालो देखिएको छ, घण्टी आफैँमा कालो छैन, घण्टी आज पनि निलो छ," उनले भने ।

उनले आफूलाई देशभरका जनताले पार्टी दुर्घटनातर्फ उन्मुख रहेको बताएको पनि उल्लेख गरे ।

"देशभरका जनताले पार्टी दुर्घटनातर्फ उन्मुख रहेको बताएका छन् । अब पार्टीमा निर्मम समीक्षा आवश्यक छ, धामी–झाँक्रीकहाँ होइन, अस्पताल लगेर उपचार गर्नुपर्ने बेला आयो," प्रतिवेदन बुझाएपछि सञ्चारमर्कीसँग ढकालले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro