site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिरहामा युवकको हत्या आरोपमा पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सिरहामा हत्या आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका–१२, ठठियाका ३० वर्षीय राकेश यादवको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका–१, गौराहाका २० वर्षीय आनन्द सदायसहित पाँचजना छन् । सोमबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको शनिबार राति उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको उपचारका क्रममा मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu