site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्धको रिट न्यायाधीश ढुंगानाको इजलासमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ । 

गत जेठ २४ गते मन्त्रिपरिषद् बैठकले जेष्ठ नागरिकलाई भक्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयअनुसार जेठ ३० गते सार्वजनिक सूचना जारी गरी कार्यान्वयनका लागि सर्कुलर समेत जारी गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले अत्यावश्यक भएर राष्ट्रिय परिचयपत्रको आावेदन दिने नागरिकलाई समेत समयमा उपलब्ध गराउन नसकेको अवस्थामा जेष्ठ नागरिकलाई अनिवार्य गर्ने निर्णय गरेको भन्दै त्यसविरुद्ध अधिवक्ता विमल पोखरेलले रिट दायर गरेका हुन् । उनको रिटमा सरकारको निर्णयले जेष्ठ नागरिकको सामाजिक न्यायको मौलिक हकमा गम्भीर असर पर्ने भएकाले तत्काल अन्तरिम आदेशमार्फत निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ ।

अधिवक्ता पोखरेलले भोट चाहिँदा घर–घर पुग्ने सरकारी नेतृत्वले सरकारको क्षमता र जेष्ठ नागरिकको अवस्था दुवै ख्याल नगरी हचुवामा अनिवार्य भन्दै गरेको निर्णय कार्यान्वयन योग्य नरहेको उल्लेख गरेका छन् । पोखरेलले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने हुँदा टोलटोलमा अभियान चलाउनु पर्ने भनेका छन् । त्यसरी अभियान चलाएर सबैले राष्ट्रिय पचिय पत्र पाइसकेका एकीन भएपछि मात्र निर्णय लागु गर्न पनि रिटमा माग गरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement