site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिणी गाजा क्षेत्रमा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा
फाइल तस्बिर ।

जेरुसेलम । इजरायली सेनाले आइतबार दक्षिणी गाजापट्टीको भागमा दिनको समयमा दैनिक सैन्य गतिविधिको ‘रणनीतिक विराम’ लागु गर्ने घोषणा गरेको छ । 

“केरम सालोम सीमा पार गर्ने सालाह अल–दिन रोड र त्यसपछि उत्तरतर्फ जाने सडकमा अर्को सुचना नआएसम्मका लागि मानवीय सहायता पहुँच उद्देश्यका लागि हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सैन्य गतिविधिको रणनीतिक विराम हुनेछ,” सेनाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

Dabur Nepal
NIC Asia

संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूसँगको छलफलपछि गाजापट्टीमा प्रवेश गर्ने मानवीय सहायताको मात्रा बढाउने प्रयासको एक हिस्साको रूपमा यो निर्णय गरिएको हो । 

इजरायलले लामो समयदेखि केरेम शालोम सीमामार्फत सहायता वितरण सहज बनाउने प्रयासमा हस्तक्षेप गर्दै आएको छ तर, मानव अधिकार समूहहरूले महिनौँसम्म घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रमा खाना र अन्य आवश्यक वस्तुहरूको अभावबारेमा चेतावनी दिएका हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा पाँच वर्षमुनिका आठ हजारभन्दा बढी बालबालिकाको तीव्र कुपोषणको उपचार भइरहेको छ । 

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले इजरायल र हमासलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको बन्धक–कैदी आदानप्रदान र सहायता वितरण युद्धविराम सम्झौताको प्रस्तावमा सहमत हुन दबाब दिइरहेका छन् । “गाजापट्टीभित्र अराजकता सक्रिय द्वन्द्वका कारण मानिसहरूको बढ्दो मागहरू पूरा गर्ने स्तरको सहायता प्रदान गर्न असम्भव हुँदै गइरहेको छ,” विश्व खाद्य कार्यक्रमका उपकार्यकारी निर्देशक कार्ल स्काउले भने । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro