खेल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले कुशल मल्ललाई छैटौँ विकेटको रुपमा गुमाएको छ ।
शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले १८.२ ओभरमा मल्ललाई गुमाएको हो । मल्लले तीन बलमा एक रन बनाए ।
जारी खेलको १८.२ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १०० रन बनाएको छ । नेपालले ६ बलमा तीन विकेट गुमाएको हो । नेपाललाई अब जितका लागि १० बलमा १६ रनको आवश्यकता छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ०८:२९
प्रतिक्रिया दिनुहोस्