site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
२५ हजारका योजना प्रस्तुत गरेर सरकारले संघीयताको उपहास गर्‍यो : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संघीयताको उपहास हुनेगरी २५ हजारदेखि एक लाख रुपैयाँका योजनाहरू संसद्‌मा प्रस्तुत नगर्न मन्त्रीहरूलाई आग्रह गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो आग्रह गरेका हुन् । 

उनले सरकारले २५ हजारदेखि एक लाखका योजनाहरु संसद्‌मा प्रस्तुत गरेर संघीयताको उपहास गरिरहेको आरोप लगाए । “मन्त्रीहरूले प्रदेश र स्थानीय पनि सरकार छ भनेर नर्बिसौँ । मन्त्री भएपछि केन्द्रिकृत मनोभावनाले ग्रसित नहौँ । २५ हजारदेखि एक लाखका योजनाहरू संसद्‌मा प्रस्तुत गरेर संघीयताको उपहास नगरौँ । यी सबै कुराहरू प्रदेश र स्थानीय तहलाई दिऔँ । त्यो गर्दा दिगो र परिणाममुखी हुन्छ,’ सांसद शर्माले भने । 

बजेट विनियोजन गर्दा सरकारका मन्त्रीहरूले प्रदेश र स्थानीय  सरकार पनि छ भन्ने कुरा नर्बिसन आग्रह गर्दै उनले केन्द्रीय सरकारको मन्त्री भएपछि केन्द्रिकृत मनोभावनाले ग्रसित हुन नहुने बताए । साना आयोजनाहरू प्रदेश र स्थानीय तहलाई दिएर विकासलाई दिगो र परिणाममुखी बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्षमा आगामी वर्षको बजेट नयाँ ढंगले प्रस्तुत गर्ने भनेर गरेको प्रतिबद्धता र घोषणा कार्यान्वयन नभएको भन्दै सांसद शर्माले सरकारले बजेट निर्माणको विषयमा गम्भीर समीक्षा गर्न जरुरी रहेको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro