site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले गुल्मी अध्यक्षमा काउछा निर्वाचित

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन् । उनले ३८४ र उनका प्रतिस्पर्धी एसीले २०२ मत प्राप्त गरे ।

यस्तै, जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन् ।

गएको मंगलबारदेखि सुरु १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा ६१३ जना सहभागी थिए । ५९५ जनाले मतदान गरेका थिए ।

पाँच पदाधिकारीसहित आउँदो तीन वर्षका निम्ति अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले अधिवेशनको उद्घाटन गरेका थिए । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro