site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी नदीमा आज बाढीको सम्भावना, तटीय क्षेत्रमा सतर्क रहन आग्रह 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । देशका केही नदी तथा खोलामा आज जलसतह बढ्ने भएको छ । कोसीसहित केही प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेका कारण नदी तथा खोलामा बाढीको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम र आसपास भइ बहने केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । यी क्षेत्रका नदी तटीय भू–भागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

KFC Island Ad
NIC Asia

कमला, वाग्मती, नारायणी, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा पनि जलसतह सामन्य घटबढ हुने विभागले जनाएको छ ।

यसैबीच, आगामी तीन दिन कोसी र यसका सहायक नदीहरू तमोर, अरूण, सुनकोसी तथा कन्काई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तलै हुनेछ । यद्यपि, जलसतह बढ्दो क्रममा रहने भएकाले नदी तटीय क्षेत्रका कृयाकलापमा सतर्कता अपनाउन पनि विभागको आग्रह छ । 

Royal Enfield Island Ad


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro