देश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बिनाकारण थुनामा राखेको भन्दै उनका समर्थकले काठमाडौंमा विरोध जनाएका छन् ।
ठोस प्रमाणबिना प्रसाईंलाई थुन्ने काम भएको भन्दै उनका समर्थकहरूले बुधबार काठमाडौंको माइतीघरमा सडकमा सुतेर विरोध जनाएका हुन् ।
प्रदर्शनमा सहभागीहरूले दुर्गा प्रसाईंको जीवन रक्षा गर, दुर्गा प्रसाईंको स्वास्थ्य अवस्था सार्वजनिक गर, कम्बोडियाको कालो धन छानबिन गर, मानवअधिकारको रक्षा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रसाईंलाई मंसिर ४ मा पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐनमा अनुसन्धान गरिरहेको छ । प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दर्ता गराएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ १४:१५
प्रतिक्रिया दिनुहोस्