site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग
SkywellSkywell

काठमाडौं । मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

KFC Island Ad
NIC Asia

उनले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भएको भ्रष्टाचारका कारण राष्ट्रपतिको बद्नाम भएकाले उक्त कार्यक्रम खारेज गर्न आवश्यक रहेको तर्क गरे । उक्त कार्यक्रम खारेज गरी  दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिन उपयुक्त हुने उनको भनाइ थियो । 

खुला सिमाना भएर चेलीबेटी बेचबिखन हुने भएकाले दुवै देशको हितको लागि खुला सीमा बन्द गर्न सरकारले पहल गर्न आवश्यक रहेको उल्लेख गरे । "राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा हुने भ्रष्टाचारको कारण राष्ट्रपतिको बदनाम हुँदा यो कार्यक्रम खारेज गरी दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हवाई उद्वार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिने जिम्मा दिनुपर्छ," उनले भने । 

Royal Enfield Island Ad

उनले महिलाको पाठेघरको क्यान्सर रोक्ने खोप देशभर उपलब्ध गराउन आवश्यक रहेको बताए । आगामी दुई वर्षभित्र सडक बालबालिका शून्य बनाउन माग समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro