site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चोरीको कसुरमा २१औँ पटक पक्राउ परे वीरबहादुर
SkywellSkywell

काठमाडौं । ललितपुर प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरको टोलीले ललितपुर महानगरपालिका–१८ ढुंगेधारा मार्गस्थित सिर्जना वैद्यको घरमा चोरी गर्ने समूहलाई पक्राउ गरेको हो ।

वैद्यको घरमा यही जेठ २ गते दिउँसोकै समयमा घरमा कोही नभएका बेला चोरी भएको थियो । उनको घरबाट सुन, चाँदीका गरगहना तथा नगदसहित धनमाल चोरी भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

पक्राउ पर्नेमा भोजपुरका ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापका ३७ वर्षीय सुजनकुमार सुनुवार, नुवाकोटका ४० वर्षीय कुमार राना मगर र दोलखाको सैलुङका ४१ वर्षीय वीरबहादुर श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकामध्ये सीताराम सुन व्यवसायी हुन् । उनीहरूलाई फरकफरक मितिमा ललितपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

Royal Enfield Island Ad

चोरीमा संलग्न सुनिल श्रेष्ठ केही दिनअघि नै पक्राउ परेर पुर्पक्षका लागि थुनामा पुगेको खुलेको छ ।

उनीहरूको साथबाट प्रहरीले ६ तोला बराबरको सुनका गरगहना तथा नगद बरामद गरेको छ ।

पक्राउ परेकामाथि अनुसन्धान गर्दै जाँदा पक्राउ वीरबहादुर श्रेष्ठ यसअघि चोरीकै आरोपमा २० पटक पक्राउ परेको खुलेको छ । यो उनको २१ पटक हो । उनी चोरीको आरोपमा पटकपटक पक्राउ पर्दै अदालतबाट धरौटीमा छुट्ने र फेरि पुरानै पेसामा फर्किने गरेको खुलेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro