site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेशलाई दक्षिण अफ्रिकाले दियो ११४ रनको लक्ष्य
SkywellSkywell

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशसामू ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार न्यूयोर्कमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रनको योगफल खडा गरेको हो ।

Dabur Nepal
NIC Asia

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए । अर्धशतक बनाउन चार रनले चुकेका क्लासेनले दुई चौका र तीन छक्का प्रहार गरे ।

डेविड मिलरले २९ र क्विन्टन डि ककले १८ रन बनाए । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए । ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट लिए ।

प्रतियोगितामा दक्षिण अफ्रिकाको यो तेस्रो खेल हो । समूह ‘डी’मा लगातार दुई जित निकालेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ ।

तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेशको भने यो दोस्रो खेल हो । बंगलादेशको खातामा दुई अंक छ । यस समूहमा यी दुई टिमसँगै नेदरल्यान्ड्स, श्रीलंका र नेपाल पनि छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro