site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टोरेस निर्णायक बन्दा बार्सिलोना फाइनलमा, उपाधि भिडन्त रियालसँग 

‎काठमाडौं । एट्लेटिको मड्रिडविरुद्ध १–० को कठिन जित निकाल्दै बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति मेट्रोपोलिटानो रंगशालामा दोस्रो लेगमा घरेलु टिम एट्लेटिको मड्रिडविरुद्ध बार्सिलोनाका फेरान टोरिसले गरेको गोल निर्णायक बन्यो ।

खेलको २७औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि बार्सिलोना समग्रमा एट्लेटिकोमाथि ५–४ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले ४–४ को बराबरी खेलेका थिए ।

अब बार्सिलोनाले उपाधिका निम्ति चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । 

रियाल मड्रिड यसअघि रियाल सोसिडाडमाथि समग्रमा ५–४ को जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । बार्सिलोना र रियाल मड्रिडबीचको फाइनल भिडन्त यही अप्रिल २६ मा हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro