site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएलमा कानुन उल्लघंन ! मन्त्रालयको निर्देशनमा राखेपले बनायो छानबिन समिति
फाइल तस्बिर।

काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)का दौरान आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले 'कानुन उल्लघंन' गरेको विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समिति गठन गरेको छ ।

राखेपले बोर्ड सदस्य अञ्जन धमलाको संयोजकत्वमा गठन गरेको समितिमा सारंगी निरौला र कमल दाहाल सदस्य छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सूचना अधिकारी खुशराज दाहालका अनुसार, एनपीएलका दौरान खेलकुद विकास ऐनसँगै नेपालका अन्य प्रचलित कानुन उल्लघंन भएको देखिएकाले समिति गठन गरिएको हो ।

युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा छानबिन समिति गठन गरिएको दाहाल बताउँछन् ।

“खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघको आयोजनामा भएको नेपाल प्रिमियर लिगबारे विभिन्न सन्दर्भमा उठेका प्रश्नहरूबारे छानबिन गर्न निर्देशन दिएको हुँदा समिति बनेको छ । समितिले अबको १५ दिनभित्र प्रतिवेदन बुझाउनपर्नेछ,” दाहालले बाह्रखरीसँग भने ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्