site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पर्सा मालपोतका सातजना भ्रष्टाचारी ठहर, मृतकका छोराहरूबाट बिगो असुल गरिने

काठमाडौं । मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले तत्कालीन मालपोत अधिकृत मिश्रसहित भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल र चन्द्रबहादुर भण्डारी गरी पाँचजना अधिकृतलाई दोषी ठहर गरेको हो । उनीहरूसँगै कम्युटर अपरेटर कमोद तिवारी पनि दोषी ठहर भएका छन् ।

उनीहरूलाई सजाय निर्धारणका लागि आगामी असार ५ गतेको पेसी तोकिएको छ ।

सजाय पाएका सात जनामध्ये तत्कालीन नायव सुब्बा किरण उपाध्यायको मृत्यु भइसकेको छ । मृत्यु भइसकेका उपाध्यायबाट अदालतले एक करोड २५ लाख ११ हजार ९९० रुपैयाँ राजस्व हिनामिना भएको भन्दै उनको नामको बिगो अंश लिएका छोराहरू राजकिशोर उपाध्याय, गौतम उपाध्याय, पशुपति उपाध्याय र मुरारी उपाध्यायबाट असुल गर्न फैसला गरेको छ ।

उनीहरूले मिलेमतोमा आर्थिक वर्ष ०७१/७२ को जग्गा रजिस्ट्रेसनबापत प्राप्त राजस्व दाखिला नगरी बाँडफाँट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० कार्तिक २० गते‍ मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro