site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घुम्न र अध्ययन गर्न नेपाली विदेश जाँदा १० महिनामा बाहिरियो एक खर्ब ५६ अर्ब
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का १० महिनामा नेपाली विदेश घुम्न र अध्ययन गर्न जाँदा साढे एक खर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।

०८० साउनदेखि ०८१ वैशाख मसान्तसम्मको अवधिमा नेपालीले घुम्न र अध्ययन गर्ने बहानामा एक खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ विदेश लगेका नेपाल राष्ट्र बैंकले जनाएको छ । उक्त अवधिमा नेपालको भ्रमण व्यय ३९।५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Dabur Nepal
NIC Asia

नेपाली अध्ययन गर्न जाँदा १० महिनामा एक खर्ब चार अर्ब २५ करोड रुपैयाँ विदेशिएको छ । अध्ययनका निम्ति सबैभन्दा ठूलो संख्यामा नेपाली जापान, अमेरिका, बेलायत, क्यानडा र भारत जाने गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा नेपालीले विदेश घुम्न र अध्ययन गर्न जाँदा एक खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ लगेका थिए । अघिल्लो आर्थिक वर्षको १० महिनामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले ७५ अर्ब १४ करोड रुपैयाँ विदेश लगेका थिए ।

चालु आर्थिक वर्षको १० महिनामा भ्रमण आय ९नेपाल आउने विदेशीले गर्ने खर्च० ३५।१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रुपैयाँ थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro