site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानलाई ६ रनले हराउँदै भारत शीर्ष स्थानमा
SkywellSkywell

काठमाडौं । चिर–प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ६ रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी–२० विश्वकपमा समूह 'ए'को शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार न्यूयोर्कमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १२० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तनले निर्धारित २० ओभर ब्याटिङ गरे पनि ११३ रनमात्र बनाउन सक्यो ।

पाकिस्तानका कुनै पनि ब्याटर भारतीय बलरसामु खुलेर खेल्न सकेनन् । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । यसबाहेक, इमाद वसिमले १५ रन थप्दा कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन जोडे ।

Dabur Nepal
NIC Asia

पाकिस्तानलाई कमजोर योगफलमै रोक्न भारतका जसप्रित बुमराहले तीन विकेट लिए । कसिलो बलिङ गरेका बुमराहले चार ओभरमा १४ रनमात्र खर्चिए । हार्दिक पन्ड्याले दुई विकेट लिँदा अर्शदीप सिंह र अक्षर पटेलले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । ट्वान्टी–२० विश्वकपको इतिहासमा पाकिस्तानले पहिलोपटक भारतलाई अलआउट गरेको हो ।

भारतका ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । उनले ३१ बलमा ६ चौका प्रहार गरे । अक्षर पटेलले २० र कप्तान रोहित शर्माले १३ रन थपे । यसबाहेक, भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका दुई ब्याटर गोल्डेन डक हुँदै पभेलियन फर्किएका थिए । कुनै समय ८९–३ को अवस्थाबाट भारतले थप ३० रन जोड्दा सात विकेट गुमाएको थियो ।

भारतलाई मध्यम योगफलमा रोक्न पाकिस्तानका चार तीव्र गतिका बलरले नौ विकेट लिए । पाकिस्तानका नसिम साह र ह्यारिस रौफले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका नसिमले २१ र तीन ओभर बलिङ गरेका रौफले पनि २१ रन नै खर्चिए ।

यसबाहेक, मोहम्मद आमिरले दुई विकेट लिँदा साहिनसाह अफ्रिदीले एक विकेट हात पारे ।

आजको जितसँगै भारत चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अंकविहीन पाकिस्तान चौँथो स्थानमा छ ।  लगातार दोस्रो खेलमा पराजित भएको पाकिस्तानको शीर्ष–८ को सम्भावना कमजोर बनेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro