site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवातास खेलिरहेका महिलासहित ६ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित देशमाया लिम्बूको घरमा जुवातास खेलिरहेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको थकनी घर भई काठमाडौंको थलीमा बस्दै आएकी ४० वर्षीया सावित्री तामाङ समेत ६ जना छन् । शुक्रबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद तीन लाख ८०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्