काठमाडौं । चालु आर्थिक वर्षमा संघीय सरकारको करिब २९ प्रतिशत राजस्व विद्युतीय वा डिजिटल माध्यमबाट संकलन भएको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनएचसील)का सीईओ निलेशमानसिंह प्रधानले शुक्रबार एक कार्यक्रममा बोल्दै यस्तो तथ्यांक उल्लेख गरेका हुन् ।
उनले डिजिटल माध्यमबाट राजस्व संकलनका हकमा अझै धेरै गर्न बाँकी रहेको बताए । सरकारी तलब र वृद्ध भत्ता जस्ता कारोबारहरू प्रत्क्षय रूपमा दुई लाख सेवाग्राहीको खातामा जाने गरेको बताए ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सरकारले दिनुपर्ने तलब भत्ता बराबरको ६५ अर्ब रुपैयाँ एनएचसीएलको विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै सेवाग्राहीको खातामा गएको उनले बताए ।
यसले सरकारको झन्डै पाँच अर्ब रुपैयाँ बचत गरेको उनको भनाइ छ । यसरी एनएचसीलले वित्तीय क्षेत्रमा डिजिटल सेवा दिइरहेको उनले बताए ।