खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल नतिजाविहीन बनेको छ ।
मंगलबार ब्रिजटाउनमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले १० ओभरमा ९० रन बनाएर खेलिरहँदा वर्षा भएपछि खेल नतिजाविहीन बनेको हो ।
दुवै टिमले समान एक अंक पाएका छन् । समूह ‘बी’ मा रहेका स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन् ।
यस समूहमा इंग्ल्यान्ड र स्कटल्यान्डसँगै नामिबिया, ओमान र अस्ट्रेलिया छन् ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ ०१:३२
प्रतिक्रिया दिनुहोस्