site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रेसर ‘ह्यान्डिल’ गर्न सक्ने टिमले जित्छ : कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्स र नेपालबीचको प्रतिस्पर्धामा दबाब सहन सक्ने टिमले नै खेल जित्ने बताएका छन् । आईसीसी ट्वान्टी–२० विश्वकपमा आफ्नो खेल सुरु हुनुअघिको प्रि–म्याच कन्फरेन्समा उनले यस्तो बताएका हुन् ।

विश्वकप खेल्न आफूहरू सबैजना उत्साहित रहेको उनले उल्लेख गरे । १० वर्षपछि नेपालले ट्वान्टी–२० विश्वकप खेल्न लागेको भन्दै उनले राम्रो प्रदर्शन गर्ने बताए । अहिलेका खेलाडीको सपना आज पूरा हुन लागेको उनको भनाइ छ ।

उनले पहिलो खेल जित्नु महत्त्वपूर्ण हुने बताए । “हामी सबैजना उत्साहित छौँ । यो इभेन्ट एकदमै महत्त्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौँ । १० वर्षपछि हामी विश्वकप खेल्दै छौँ । नेपाल क्रिकेटको लागि यो महत्त्वपूर्ण कुरा हो,” उनले भने, “हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौँ । २० वटा टिम छन् । सबै टिम ब्यालेन्स र प्रतिस्पर्धी हुनुहुन्छ । नेदरल्यान्ड्ससँग धेरै खेल खेलेका पनि छौँ । जसले प्रेसर ह्यान्डिल गर्दछ, त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौँ । टुर्नामेन्टमा पहिलो खेल एकदमै महत्त्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro