site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक : मायाप्रसाद शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक रहेको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले विगतमा बजेटका सिद्धान्त र प्राथिमकतामाथि छलफल नै नगरी बजेट ल्याइने भए पनि यस वर्ष पर्याप्त छलफलपछि आएको बताए । 

उनले नीति तथा कार्यक्रम, बजेट वक्तव्य सबैमा हेर्दा यो बजेटमा लय मिलेको दाबी गरे ।  सीमा र समस्याहरू पनि बजेटमा उजागर गरिएको बताउँदै सांसद शर्माले बजेटमा स्पष्ट रूपमा पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति उल्लेख गरिएको बताए । 

“यस पटकको बजेट अलि नयाँ ढंगले आएको छ । हामी यसलाई छलफल पुगेन, बहस पुगेन भन्ने गर्थ्यौँ । तर, यो पटक पर्याप्त छलफलपछि आएको छ । त्यसैले यो बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक छ । नीति तथा कार्यक्रम, बजेट वक्तव्य सबैमा हेर्दा यो बजेटमा लय मिलेको छ । सीमा र समस्याहरू पनि बजेटमा उजागर भएका छन्,” उनले भने, “बजेटमा स्पष्ट रूपमा पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति उल्लेख छन् ।”

उनले संघीयताको लाभ गरिब, विपन्न र विभेदमा परेका वर्ग, समुदायहरूले लिनसक्ने गरी बजेट ल्याइएको दाबी गरे । 
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro