site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भलिबलका निम्ति आवासीय कभर्ड हल बनाउँछौँ : मन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलका निम्ति आवासीय कभर्ड हल बनाइने बताएका छन् । शनिबारदेखि काठमाडौंमा सुरु आठौँ एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

आउँदो आर्थिक वर्षमा भलिबलका निम्ति एउटा आवासीय कभर्ड हल बनाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । त्यो बन्नेमा आफू आशावादी रहेको उनले उल्लेख गरे ।

उनले नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको बताए । भलिबलका लागि राम्रो कभर्ड हल बनाउने चुनौती रहेको उनले सुनाए ।

मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका निम्ति सबै मिलेर लाग्नुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro