site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी ठगीका पीडितलाई गगनले भने– अब संसदीय समितिले ठग पत्ता लगाउँछ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब संसदीय समितिले 'सहकारी ठग'को खोजी गर्ने बताएका छन् । संसदीय समितिको कार्यादेश (टीओआर)का विषयमा विभिन्न व्याख्या चलिरहेका बेला बिहीबार एक भिडियो सन्देशमार्फत सांसदसमेत रहेका महामन्त्री थापाले समितिले गर्ने कामका बारेमा जानकारी गराएका हुन् ।

उनले ठगिएका बचतकर्तालाई पीडाबाट मुक्त गरेर बचत फिर्ताको सुनिश्चितता गर्ने काम संसदीय समितिको भएको बताएका छन् ।

“दुःख गरेर कमाएको रकम तपाईंहरूले बचत गर्नुभएको हो । कसै न कसैले ठग्ने काम गर्‍यो, उसलाई सजाय दिनुपर्छ र ठगी गर्नेबाट पैसा ल्याएर भए पनि बचत फिर्ता दिनुपर्छ,” महामन्त्री थापाले भिडियोमा भनेका छन्, “संसदीय समितिलाई थाहा पाएका कुरा बताएर सबैले सहयोग गर्नुहुनेछ ।”

संसद्‌मा अन्तर्राष्ट्रिय छानबिन समिति बनाउन भनेका गृहमन्त्री रवि लामिछानेले समितिको कार्यादेशमा भने नाम लेख्न अवरोध खडा गरेको थापाको आरोप छ । धेरै मेहनत गरेर पनि समिति नै नबन्ने अवस्था बनेपछि कांग्रेसले परिणाम आफूले भनेअनुरूप नै निस्कने गरी गृहमन्त्रीको नाम नतोकेको टीओआर स्वीकार गरेको बताए । तर, अहिलेको टीओआर पनि कांग्रेसले भनेअनुरुप नै बनेको उनको भनाइ छ ।

“सहकारी ठगीमा संलग्न देखिएका व्यक्तिहरूका बारेमा अध्ययन गर्नेजस्ता कुरा टीओआरमा राखिएको छ,” थापाले भने, “समिति कांग्रेसले जे विषय उठाएको हो त्यहीअनुरूप बनेको छ । यसमा संलग्न भएका प्रत्येक मानिसको हिसाबकिताब यो समितिले माग्छ, माग्नका लागि बनाएको हो ।”

उनले आफूहरूले प्रधानमन्त्रीलाई समिति गठनको आवश्यकता बुझाउँदा अन्य सांसदहरू पनि साक्षी भएको भन्दै प्रधानमन्त्रीको प्रतिबद्धता सुनेका व्यक्तिहरू समितिमा रहेको बताए । उनले समितिलाई बाधा खडा गर्ने काम कुनै पार्टीको नेता, सांसद वा सरकारले गर्नु नहुने बताए ।

“छानबिन समितिमा रहेका सांसदहरूले कार्यादेश के हो भन्ने राम्रोसँग बुझ्नुभएको छ । गोरखा मिडिया नेटवर्कमा संलग्न गृहमन्त्रीलाई पनि बयानमा बोलाउने हो भनेर कार्यादेश बनाउने बेला नै प्रधानमन्त्रीसँग छलफल भएको थियो,” थापाले भनेका छन्, “भोलिका दिनमा भाषामा गएर कपटपूर्ण ढंगले व्याख्या गर्न पाइँदैन भनेर प्रधानमन्त्रीले भनेका कुरा सुन्ने साथीहरू नै समितिमा हुनुहुन्छ ।”

सहकारी ठगी प्रकरणको छानबिनका लागि एमाले सांसद सूर्य थापाको नेतृत्वमा बनेको सात सदस्यीय संसदीय छानबिन समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, एमालेबाट सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट बुद्धिमान तामाङ सदस्य छन् । समितिले काम भने थालिसकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro